Rule 170
विद्यालयको आय व्ययको लेखा
(१) सबै किसिमका विद्यालयले विद्यालयको आय व्ययको लेखा अनुसूची–२३ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
(२) विद्यालयको आय व्ययको लेखा बील भरपाई लगायत आवश्यक कागजात राख्ने काम विद्यालयको रकम खर्च गर्न अधिकार प्राप्त अधिकारीको हुनेछ ।
(३) उपनियम (२) बमोजिम कागज प्रमाणित गराई राख्ने, राख्न लगाउने जिम्मेवारी प्रधानाध्यापकको हुनेछ ।
(४) उपनियम (१) बमोजिमको आय व्ययको लेखा राख्दा विद्यालयको काम कारबाहीको वास्तविक स्थिति थाहा हुने गरी मालसामानहरुको खरिद बिक्री र विद्यालयको नगदी जिन्सी, जायजेथा दायित्व आदिको विस्तृत विवरण स्पष्ट रुपले खोलेको हुनु पर्नेछ ।
(५) विद्यालयको नगदी, जिन्सी, जायजेथामा कुनै किसिमको हिनामिना, हानी–नोक्सानी वा लापरबाही हुन नपाउने गरी सुरक्षित राख्ने र सोको लगत राख्ने तथा राख्न लगाउने दायित्व प्रधानाध्यापकको हुनेछ ।
(६) प्रधानाध्यापकले विद्यालयको आय व्ययको प्रतिवेदन जिल्ला शिक्षा कार्यालयले तोकेको अवधिभित्र मासिक वा त्रैमासिक रुपमा सो कार्यालयमा पठाउनु पर्नेछ ।